विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

एजेन्सी । फिफा विश्वकप-२०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० गोलले पराजित भएको हो ।

इस्टाडियो अल्ब्रेटो जोसे अर्मान्डोमा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अरौजो र डार्विन नुनेजले समान एक-एक गोल गरे । खेलको ४१ औं मिनेटमा भिनाको पासमा अरौजोले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै ८७ औं मिनेटमा निकोलसको पासमा नुनेजले गोल गर्दै उरुग्वेलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै उरुग्वेले ५ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट १२ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।

यस्तै आजै बिहान भएको अर्को खेलमा उरुग्वेले ब्राजिललाई २-१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा कोलम्बियालाई जित दिलाउन लुइस डियासले दुई गोल गरे । ब्राजिलको लागि गाब्रियल मार्टिनेलीले एक गोल गरे ।

जितसँगै कोलम्बिया ५ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । सामना खेलवाट ७ अंक जोडेको ब्राजिल पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *