काठमाडौं । पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले आफ्नो कप्तान पदबाट राजीनामा दिएका छन् । बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन् ।
भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए । उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो।