आज नेपाल र तान्जिनिया भिड्दै

काठमाडौँ । हङ्कङमा आजबाट शुरु हुने चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट सिरिजमा नेपालले पहिलो खेलमा तान्जिनियाको सामना गर्दै छ । हङकङ क्रिकेट क्लबमा हुने खेल बिहान ७:१५ बजे शुरु हुनेछ ।

नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा आज  पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजको लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको थियो । उनले लामो समय टोलीको कप्तानको जिम्मेवारी लिएकी रुविना क्षेत्रीको स्थान लिएकी हुन् । क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

टोलीमा कप्तान इन्दू वर्मासहित  विन्दू रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।

सिरिजमा नेपाल, तान्जिनिया, हङकङ र जापान सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *