दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् कार्तिक २९ गते बुधबारको राशिफल

श्री शाके १९४५ बि स २०८० कार्तिक २९ गते बुधबार इश्वी सन २०२३ नोभेम्बर १५ तारीख कार्तिक शुक्लपक्ष द्वितीया तिथी ज्येष्ठा नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु यमद्वितीया भाइटीका किजा पूजा (ज्यो.पं सरोज घिमिरे)

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरुको कुरामा विशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

वृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । व्यापार व्यवसायको  क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।

मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको छिटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय व्यतित हुन सक्छ । कुरा काट्रने व्यक्तिहरुको वृद्यि हुनेछ । शत्रु सबल रहलान । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय व्यक्तिको भेटले मन प्रशन्न रहला ।

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनको क्षेत्रमा धेरै समय व्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता व्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सवारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा वृद्यि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय व्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट व्यहोर्नु पर्ला ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान प्रतिष्ठामा वृद्यि हुने योग रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर वाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । विश्वासिला व्यक्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

वृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भावना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरीक आलस्यताले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा व्यापार व्यवसायको  क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विश्वासिलो व्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ । दाम्पतिबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट व्यहोर्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भावना रहेको छ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । नयाँ मित्रसगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्यहरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । वौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *