नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ ।
अधिकारीहरूले दिएको जानकारी अनुसार व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै गदौ डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत जानकारी गराएका हुन् ।
घाइतेको संख्या भने, यकिन भएको छैन । ताराबा राज्यका गभर्नर अग्बु केफासले पीडितहरूप्रति शोक व्यक्त गर्दै विज्ञप्ति जारी गर्दै तुरुन्तै छानबिन गर्न आदेश दिएका छन् । डुङ्गा दुर्घटनाहरू अक्सर पश्चिम अफ्रिकी देशमा बढी हुने गर्छ ।