दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् कार्तिक २७ गते सोमबारको राशिफल

श्री शाके १९४५ बि स २०८० कार्तिक २७ गते सोमबार इश्वी सन २०२३ नोभेम्बर १३ तारीख कार्तिक कृष्णपक्ष औंसि तिथी विशाखा नक्षत्र सौभाग्य योग किंस्तुघ्र करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा मित्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु सौंवारेऔशी स्नान दानको अमावास्या हलोबार्ने गोपूजा गाइतिहार (ज्यो.पं सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनिको सम्भावना रहेको छ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भावना रहेको छ । जीवनसाथिको साथ सहयोग द्वारा व्यावार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिश्पर्दा जन्यकार्यमा विशेष सजग रहनु होला । सामान्य आर्थिक अभावको सम्भावना रहेको छ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण व्यतीत रहनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन् । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनीको अवसर समेत प्राप्त हुनेछ । वौद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्थिर क्षेत्रमा गरिएका लगानि उत्तम सावित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतीत रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन् । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बल तथा प्रराक्रमका वृद्धिहुने योग रहेको छ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरिरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको वृद्धि हुनेछ । तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य व्यक्त्तिहरुले प्राप्त गर्नेछन् । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको छ । विश्वासिला व्यक्त्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । वा णीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहनेछ ।

तुला राशि – र, रि, ?, रे, रो, ता, ति, तु, ते
गरिरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेकोछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभावको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भावना रहेको छ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
वौद्धिक व्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ । आम्दानिका विभिन्न श्रोतहरु फेला पर्नेछन् । खानपानमा सावधानि उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ । सन्तान सुख प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा जुट्नेसमय रहेको छ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरिएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटिले मानसीक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *