काठमाडौं । चेल्सीका पूर्व फूटबल खेलाडी डिडियर ड्रोग्बा दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल)को उद्धाटनको लागि नेपाल आउने भएका छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स तथा इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि. (एनएसइएम) ले बिहीबार प्रेस विज्ञप्तिमार्फत एनएसएल उद्घाटनका लागि ड्रोग्बा नेपाल आउने जानकारी दिएको हो ।
यस्तै डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर जाजरकोटमा गएको भुकम्प पीडितहरुको लागि २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बताइएको छ ।
इभोरीकोस्टका ड्रोग्बाले इंग्लिस क्लब चेल्सी र मार्सेलेसँगै थुप्रै क्लबबाट खेलिसकेका छन् । यस्तै उनले सन् २००६ र २००९ मा अफ्रिकन फूटबलर प्लेयर अफ दि इयरको उपाधि जितेका थिए ।
दोस्रो संस्करणको एनएसएल मङ्सिर ८ गतेबाट काठमाडौंमा शुरु हुँदैछ ।
