काठमाडौं । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको बिहीबार निधन भएको हो ।
उनलाई अस्पतालमा ल्याउँदा विष सेवन गरेको पाइएको थियो । त दिपाशा म्यूजिक भिडिओमा सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको माग थियो । जलपरी नामले चिनिएकी उनले ‘चाल’, ‘बिरानो माया’, ‘दुलही रानी’लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।
