सन्दीपविरुद्धको मुद्दामा ‘बहस नोट’ झिकाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबार दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो ।  इजलासले एक महिनाभित्र बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको हो ।

दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै बहस सुरु हुनेछ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *