पोर्चुगलमा नेपाली दूतावास खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले पोर्चुगलमा नेपाली दूतावास खोल्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पोर्चुगलमा दूतावास कार्यालय खोल्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यहाँ रहेका नेपालीले लामो समयदेखि पोर्चुगलमा दूतावास कार्यालय खोल्न माग गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *