तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुरस्थित गौतमबुद्ध र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

केही दिनअघि टी–२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *