रेशम चौधरीको मुद्दाको पेसी स्थगित

काठमाडौं । टीकापुर हत्याकाण्डका अभियुक्त एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद माफीविरुद्धको रिटको पेसी स्थगित भएको छ ।

आजका लागि पेसी भएपनि न्यायाधीश अभावमा पेसी स्थगित भएको हो । टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि सुनुवाइका लागि आजलाई पेसी परेको थियो । बोहोराले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

टीकापुर हत्याकाण्डमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएर जेलमुक्त भएका थिए ।

रेशमलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो । उनलाई कैद माफी दिने निर्णय पीडितको भावना तथा कानुन विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *