काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
डिसेम्बर ८ देखि १७ तारिखसम्म युएईमा हुने प्रतियोगिताको नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र आयोजक यूएई रहेका छन् । नेपालले डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग खेल्नेछ भने तेस्रो खेल डिसेम्बर १२ मा भारतसँग खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई स्थानमा रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर १५ मा हुनेछ । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा हुने तालिका रहेको छ ।
