राप्रपा अध्यक्ष लिङ्देन अमेरिकाबाट स्वदेश फिर्ता

 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण पूरा गरीस्वदेश फर्किएका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा उनी अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी भएर गएराति स्वदेश फर्किएका हुन् ।

अध्यक्ष लिङ्देनले टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्नाका साथै टेक्सस, इन्डियाना, ओहायो, वाशिङटन डिसी, न्यूयोर्क, बाल्टिमोरलगायत मुख्य सहरमा नेपाली समुदाय, पानसका विभिन्न समितिहरुसँग भेटघाट र साक्षात्कार गरेका थिए ।
अध्यक्ष लिङ्देन यही कात्तिक ९ गते अमेरिका प्रस्थान गरेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष बुद्धिमान तामाङ, अर्का उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरुले स्वागत गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी एवं अमेरिकामा रहेका पानस आईसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ पनि स्वदेश फर्किएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *