सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ काठमाडौं आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज दिउँसो नेपाल आउँदैछन् । पाँचदिने वाङको भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने कार्यक्रम रहेको छ ।

साथै उनी काठमाडौं बाहिरको यात्रामा निस्कने पनि कार्यक्रम रहेको छ । वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ । वाङले काठमाडौं ओर्लिएकै दिन उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नेछन् ।

बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना भेट गर्ने कार्यक्रम छ । साथै अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । त्यस्तै उनी पोखरा जाने कार्यक्रम पनि रहेको छ । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *