एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना शाख्तर डोनेटेस्कसँग १-० गोलले पराजित भएको हो ।
भोल्क्स्पार्क स्टाडियोनमा भएको खेलमा शाख्तरलाई जित दिलाउन डान्यालो सिकानले एक गोल गरे । पहिलो हाफको ४० औं मिनेटमा सिकानले गोलनै शाख्तरलाई जित दिलाउन निर्णायक बन्यो ।
जीतसँगै शाख्तर ४ खेलबाट ६ अंक जोड्दै समूह ‘एच’को तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
