‘सर्वदलीय हेड सर’ भन्दै शीर्ष नेताहरुप्रति रविको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुलाई सर्वदलीय हेडसर भन्दै आक्रोश पोखेका छन् । मंगलबार सामाजिक संजालमार्फत लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको सर्वदलीय बैठकबारे टिप्पणी गर्दै शीर्ष नेताहरुलाई सर्वदलीय हेडसर भन्दै आक्रोश पोखेका हुन् । उनले नेताहरुलाई पाल र ब्लान्केट बोकेर जनतामा जान आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘आदरणीय ‘सर्वदलीय हेड सर’ हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस् । व्यवस्था आफैं जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ । जुटाइदिएको पाल, चामल, दाल समयमै बाँड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को ? तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भएपनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए । नोटः उद्दार कार्य उत्कृष्ट थियो तर राहत बितरण कत्तिपनि सही भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *