श्री शाके १९४५ बि स २०८० कार्तिक २२ गते बुधबार इश्वी सन २०२३ नोभेम्बर ८ तारीख कार्तिक कृष्ण पक्ष दशमी तिथी पश्चात एकादशी तिथी पूर्वफाल्गुनी नक्षत्र ऐन्द्र योग बव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा स्थिर योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु (ज्यो.पं सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धीहरु सवल रहनाले कार्यसम्पादनमा विषेश सावधान रहनु पर्ने समय रहेको छ । विश्वासिला व्यक्त्तिहरुबाट धोकाहुन सक्ने सम्भावना रहेको छ । सामाजिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अवसर रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्यन अध्यापनमा समय उत्तम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटीले मानसिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सवारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारिवारिक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले वौद्धिक विकासमा जुट्ने समय रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाईबीच मनमुटाब रहन सक्ला । नजिकका व्यक्त्तिबाट विश्वासघात हुन सक्छ । कुराकाट्ने व्यक्त्तिबाट टाढै रहनु होला । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय व्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभावको कारण मान्यजन को साथ पाईनेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । वौद्धिक व्यक्त्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचि जाग्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती व्यहोर्नुपर्ला । कुरा काट्नेहरुको वृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
वृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनको सहयोग प्राप्त हुनेछ । विद्या तथा व्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिवार तथा ईष्टमित्रसगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा वृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परिवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।
मिन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापात व्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरिदको योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।
