टी-२० विश्वकपमा पुर्याउने खेलाडीले जनही १३ लाख पाउने

काठमाडौं । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पुरस्कार दिने भएको छ । नेपाललाई दोस्रोपटक विश्वकपमा पुर्याउन सफल खेलाडीलाई  जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन राखेपले सरकारसमक्ष सिफारिस गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले खेलाडी र कोचिङ स्टाफलाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि नेपाल क्रिकेट संघ(क्यान)ले क्रिकेट टोलीलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । नेपाल घरेलु मैदानमा भएको छनोटबाट विश्वकपमा स्थान बनाउन सफल भएको थियो । छनोटको फाइनल खेलमा ओमानसँग सुपर ओभरमा पराजीत भएपनि नेपालले विश्वकपमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *