टियु मैदानमा फ्लडलाइट राखिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित  टियु क्रिकेट मैदानको फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ । राखेपले  एमएसआईपीएल-एएसपी पावर जेभीलाई  फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो ।

कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा  टियु क्रिकेट मैदानमा  फ्लडलाइट जडानको ठेक्का पाएको हो । राष्ट्रिय खेलकुद परिषद् मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको हो ।

मैदानमा फ्लडलाइट राखेपछि रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *