चीनले पठायो भूकम्प प्रभावितलाई राहत सामग्री

काठमाडौं । चीनले पश्चिम नेपालका भूकम्प पीडितलाई पहिलो खेप राहत सामग्री पठाएको छ । सोमबार रसुवगढी नाका हुँदै चीनमा राहत सामग्री नेपाल भित्रिएको हो ।

राहत सामग्रीमा दुई हजार ३ सय टेन्ट, दुई हजार थान ब्लाङ्केट, सातसय थान त्रिपाल, पाँचसय थान स्प्रेयर छ । थप राहत सामग्री आउने क्रममा रहेको नेपालका लागि चिनियाँ राजदूत चेन सङले बताएका छन् । चीनले पश्चिम नेपालका भूकम्प प्रभावितका १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने बताएको छ ।

साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट चीनले भूकम्प पीडितलाई सहयोग गरेको हो । यो राहत सामग्री सिधै भूकम्प प्रभावित क्षेत्रमा पठाइने दूतावासले जनाएको छ । चीनले भूकम्प प्रभावितलाई थप सहयोग गर्ने र घर पुनर्निर्माणमा पनि सहयोग गर्ने बताएको छ । भारतले पनि ११ टन भन्दाबढी राहत सामग्री पठाइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *