क्यामरूनको एङ्लोफोन क्षेत्रको एउटा गाउँमा अलगाववादी विद्रोहीले गरेको आक्रमणमा परी महिला र बालबालिकासहित करिब २० जनाको मृत्यु भएको छ ।पश्चिमी क्यामरूनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप हुँदै आएको छ ।
एक वरिष्ठ क्षेत्रीय प्रशासनिक अधिकारीले आक्रमणमा परी २० जनाको मृत्यु भएको र १० जना गम्भीर घाइते भएका जानकारी दिए । सन् २०१७ मा पृथकतावादीहरूले स्वतन्त्रताको घोषणा गरेदेखि नै क्यामरूनको मुख्यतः अङ्ग्रेजी भाषी उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रहरू द्वन्द्वको चपेटामा परेका छन् ।
यसले फ्रेन्कोफोन बहुमतद्वारा कथित भेदभावको बारेमा दशकौंको गुनासोलाई पछ््याएको छ । मध्य अफ्रिकी राष्ट्रमा ४० वर्षसम्म कठोर शासन गरेका राष्ट्रपति पल बियाले व्यापक स्वायत्तताको मागलाई सम्बोधन गर्न नसकिने बताएका छन् ।
