सोमबारको भूकम्पबाट आठबीसकोटमा चारजना घाइते

 

रुकुम पश्चिम । सोमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८  रेक्टर स्केलको भूकम्प आउँदा  नगरपालिकाका चारजना घाइते भएका हुन् ।

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्याएको नगरप्रमुख रवि केसीले जानकारी दिए । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।  भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् ।

पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *