नेपालको तेस्रो विकेट पतन

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत जारी फाइनल खेलमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।  कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पावरप्ले लगत्तै दुई विकेट गुमाएको हो ।

ओपनर कुशल भुर्तेल २२ बलमा ३१ रन बनाउँदै पभिलियन फर्किएका हुन् । यस्तै सन्दीप  जोरा १३ बलमा एक चौकाको मद्दतमा १० रन बनाउँदै आउट भएका हुन् । ताजा अवस्थामा नेपालले ८ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ५० रन जोडेको छ । हाल कुशल मल्ल र कप्तान रोहित पौडेल समान १-१ रन बनाउँदै क्रिजमा छन् । यसअघि ओपनर आसिफ शेख ६ रन बनाउँदै आउट भएका हुन् ।

ओमानको लागि बिलाल खान, अकिब इलायस र जेशन मक्सोदले समान एक-एक विकेट लिएका छन् ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), सन्दीप जोरा, गुलसन झा, विवेक यादव, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *