गिनीको सैन्य सरकारका पूर्वनेता जेलबाट फरार

गिनी सैन्य सरकारका पूर्वनेता मौसा दादिस कामारा शनिबार जेलबाट भागेका छन् ।  बिहान करिब ५ बजे सशस्त्र व्यक्तिहरूको एउटा अज्ञात समूहले गिनीको राजधानी कोनाक्रीको कलौम कम्युनस्थित एउटा जेलमा पसेर गिनीका तीन पूर्वसैन्य सरकारका सदस्यहरूलाई मुक्त गर्ने प्रयास गरेका थिए ।
तीमध्ये जेलमा रहेका मौसा दादिस कामारा पनि थिए । कामाराले गिनी सैन्य सरकारका पूर्वअध्यक्षका रूपमा काम गरको थिए । उनीहरू तीनै जना जेलबाट भागेका हुन् ।

गिनीको सङ्क्रमणकालीन सरकारको सैन्य बलहरूले कलौम कम्युनतर्फ जाने सडकलाई बन्द गरेका छन् । कलौम कम्युनमा राष्ट्रपतिको घर र अन्य संस्थानहरू छन् ।

कामारा सन् २००८ डिसेम्बर २३ मा विद्रोह गरेर सैन्य सरकारको नेता भएका थिए । सन् २०१० मा सत्ता गुमाएपछि उनी विदेशमा निर्वासनमा गएका थिए । सन् २०२१ मा उनी गिनी फर्किए र पछि उनीमाथि सन् २००९ सेप्टेम्बर २८ मा कोनाक्रीमा भएको विरोध प्रदर्शनलाई हिंसात्मकरूपमा दबाएको आरोप लगाइयो ।

उक्त विरोध प्रदर्शनमा एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो भने एक हजारभन्दा धेरै घाइते भएका थिए । अन्य दुई सैन्य अधिकारीसहित उनलाई कलौम कम्युनको जेलमा राखिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *