भूकम्पको डरले सडकमै सुत्दै स्थानीय

जाजरकोट । जाजरकोटकाे सदरमुकाम खलङ्गा बजारमा भूकम्पको डरले मानिसहरु सडकमै सुतेका छन् । गएराति गएको भूकम्पपछि मानिसहरु डर सडकमै बस्न र सुत्न लागेका हुन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *