काठमाडौं । नेपाल किक्रेट संघ (क्यान) ले नेपाल र ओमानबीच हुने आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलको टिकट बिक्रीबाट उठ्ने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई दिने घोषणा गरेको छ ।
क्यानले शनिबार सामाजिक सञ्जालबाट उक्त कुरा घोषणा गरेको हो । फाइनल खेलको टिकट बिक्रीबाट उठेकोबाट आधा रकम जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई दिने क्यानले घोषणा गरेको हो ।
नेपाल र ओमान आइतबार टी-२० विश्वकप एसिया क्षेत्रको उपाधिको लागि भिड्दैछन् । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार दिउँसो ११ बजे शुरु हुनेछ । फाइनल खेलको टिकटको मूल्य ३०० रुपैयाँ रहेको छ।