सिंगापुरद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत जारी खेलमा सिंगापुरले घरेलु टोली नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले नेपाललाई जीतको लागि १ सय ४६ रनको विजयी लक्ष्य प्रस्तुत गरको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । सिंगापुरको लागि रोहन रांगाराजनले सर्वाधिक ४६ रन बनाए । उनले ३० बलमा ९ चौका र एक छक्का प्रहार गरे । यस्तै आर्याभिर चौधरीले २६ बलमा ५ चौकाको मद्दतमा ३७ रन बनाउँदा मन्प्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि अविनाश बोहोराले ४ ओभरमा ४३ रन दिएर तीन विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र गुलसन झाले समान दुई-दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *