पहिलो ओभरमै नेपाललाई सफलता

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्ध जारी खेलमा नेपालले सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा  जारी खेलमा करण केसीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका हुन् ।

करणले सिंगापुरका कप्तान अरित्रा दत्तलाई डक आउट गरेका हुन् । ताजा अवस्थामा सिंगापुरले एक ओभरको समापतिमा एक विकेटको क्षतिमा ११ रन जोडेको छ । हाल रोहण रान्गाराजन ८ र सुरेन्द्रन चन्द्रमोहन ३ रन बनाउँदै क्रिजमा छन् ।

नेपालको प्लेइङ ११ – कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *