इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आइतबार प्रहरी र अपराधी एक समूहबीच सशस्त्र झडप हुँदा लुटमा संलग्न कम्तीमा चार आक्रमणकारीको मृत्यु भएको छ ।
घटनामा अन्य तीन जना घाइते भएका छन् । अपराधीहरूसँगको सशस्त्र झडपमा दुई प्रहरी घाइते भएका छन् ।
“शहरमा नियमित गस्ती गरिरहेका बेला प्रहरीले उक्त गिरोहले एक सर्वसाधारणलाई लुटिरहेको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रण लिने प्रयास गरेको तर प्रहरीसँगबाट भाग्न उनीहरूले गोली चलाएको र प्रहरीले गरेको जवाफी कारबाहीमा उनीहरू चार नै जनाको मृत्यु भएको हो,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनामा एक जना प्रहरी, लुटपाटमा परेका नागरिक र एक जना पैदल यात्री घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
अपराधीहरूको पहिचान उनीहरूको व्यक्तिगत सामानबाट पत्ता लगाउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले उनीहरूको साथबाट चार थान पेस्तोल र दर्जनौँ मोबाइल बरामद गरेको छ ।
शनिबार राति शहरमा अपराधीहरूसँग गोली हानाहान हुँदा दुई जना प्रहरी घाइते भएका थिए ।