महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु जाँदै

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु जाँदैछन् । चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भई साँझ पोखरा जानेछन् ।

गुटेरेस भोलि बिहान पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन्  । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ  । उनी पोखराबाट लुम्बिनी जानेछन्  । लुम्बिनीबाट काठमाडौं फर्केर उनले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधवार संयुक्त राष्ट्रसंघको मुख्यालय फर्किने कार्यक्रम छ  ।

शनिवार राति काठमाडौँ आइपुगेका उनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । उनी चढ्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रविधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतको भनाइ छ । उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमान्डो खटाइएको छ । बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *