एजेन्सी । एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले साविक विजेता इंग्ल्याण्डलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । लखनउमा भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ सय ३० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको हो । भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १ सय १ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यस्तै सुर्यकुमार यादवले ४९, केएल राहुलले ३९ र जस्प्रित बुम्राले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
इंग्ल्याण्डको लागि डेभिड विलीले तीन विकेट लिँदा क्रिस वोक्स र अदिल रसिदले दुई दुई तथा मार्क वुडले एक विकेट लिए ।