महासचिव गुटेरेसबाट तीन काम हुन सके सुनमा सुगन्ध हुनेछः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा तीन काम गर्न सके सुनमा सुगन्ध हुने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत महासचिव गुटेरेसलाई स्वागत गर्न तीन काम गर्न सके सुनमा सुगन्ध हुने बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया, हिमाली क्षेत्रको बिग्रदो वातावरणीय समस्या र नेपालको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि हुन सके सुनमा सुगन्ध हुने बताएका छन् ।

उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपालमा हार्दिक स्वागत छ । उहाँ पोर्चुगलको समाजवादी पार्टीको नेता, त्यहाँका पूर्व प्रधानमन्त्री र पेशागत शिक्षाले इन्जिनीयर पनि भएकाले नेपाल समाजवादी पार्टी र व्यक्तिगत रूपमा हाम्रो तर्फबाट विशेष स्वागत छ । उहाँले भ्रमणबाट लामो समयसम्म अल्झिरहेको नेपालको शान्ति प्रकृया छिटो टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको सद्भाव, हिमाली क्षेत्रको बिग्रदो वातावरणीय समस्यप्रति चासो र नेपालको दिगो विकासनिम्ति अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि हुन सके सुनमा सुगन्ध हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *