हमासका एक सय ५० वटा भूमिगत सुरुङमा इजरायली सेनाको आक्रमण

प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजापट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् ।

सेनाले शनिबार गाजामा रातको समयमा १५० वटा ‘भूमिगत लक्ष्य’ मा आक्रमण गरेको र त्यसले ‘आतङ्कवादीको सुरूङ’ र ‘जमिनमुनिका लडाकू स्थानहरू’ ध्वस्त पारेको बताएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार ४ सय जनाको ज्यान लिएको इजरायलले बताएको छ । सेनाले गाजा क्षेत्रको सुख्खा शिविरमा शहरी युद्ध प्रशिक्षणलाई तीव्र बनाएको छ जहाँ गाजाको प्रतिकृति शहर निर्माण गरिएको थियो ।

इजरायलले इजरायलबाट अपहरण गरिएका २२० भन्दाबढी व्यक्तिहरूलाई सुरुङमा राखिएको पनि बताएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार तीन हप्ताको युद्धमा इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी बालबालिकासहित सात हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *