एजेन्सी । एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले रोमान्चक जीत निकालेको छ । शनिबार दिउँसो भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि ५ रनको रोमान्चक जीत निकालेको हो ।
जीतको लागि २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड ५० ओभरमा अलआउट हुँदै ३ सय ८३ रनमा समेटिएको हो । न्युजिल्याण्डको लागि रचिन रविन्द्रले १ सय १६ रन बनाए । उनले ८९ बलमा ९ चौका र ५ छक्का प्रहार गरे । जेम्स नेशमले अन्त्यमा ३९ बलमा अ३ छक्का र ३ चौकाको मद्दतमा ५८ रन बनाएपनि पनि टोलीलाई जीत दिलाउन पर्याप्त रहेन । यस्तै विल योंगले ३२, डेभन कोन्वेले २८, टोम लाथमले २१, मिट्चेल सान्टनेरले १७, र ग्लेन फिलिप्सले १२ रन बनाए ।
अष्ट्रेलियाको लागि एडम जाम्पाले तीन विकेट लिँदा जोश हज्लेवुड र प्याट कमिंसले दुई-दुई विकेट लिए । यस्तै ग्लेन फिलिप्सको नाममा एक विकेट रह्यो ।
यसअघि धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा अलआउट हुँदै ३ सय ८८ रनमा समेटिएको थियो । अष्ट्रेलियाको लागि ट्राभिस् हेडले सतक बनाए । उनले ६७ बलमा १० चौका र ७ छक्काको मद्दतमा १ सय ९ रन बनाए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोश इंग्लिसले ३८, प्याट कमिन्सले ३७, मिट्चेल मार्शले ३६ तथा स्टिभ स्मिथ र मार्नुस लाबुसेनले समान १८-१८ रन बनाए ।
न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान तीन-तीन विकेट लिंदा मिट्चेल सन्टनेरले दुई तथा म्याट हेनरी र जेम्स नेशमले समान एक-एक विकेट लिए ।
जीतसँगै अष्ट्रेलिया ६ खेलबाट ८ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट समान ८ अंक जोडेको न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ ।