आज बार्सिलोना र रियल म्याड्रिड भिड्दै

एजेन्सी । विश्व क्लब फूटबलको सबै भन्दा ठुलो खेल मानिने ‘एल क्लासिको’ आज हुँदैछ । स्पेनिस लिग ला लिगा अन्तर्गत आज हुने खेलमा बार्सिलोनाले रियल म्याड्रिडको अतिथ्य गर्दैछ । इस्टाडी ओलिम्पिक लुइस कम्पनिसमा हुने खेल नेपाली समय अनुसार बेलुकी ८ बजे शुरु हुनेछ ।

जारी सिजन ला लिगामा अपराजीत रहेको बार्सिलोना आजपनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । हाल लिगको शुरुवाती १० खेलबाट २४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ । गत सिजन ४ खेल बाँकी रहँदै लिगको उपाधि जितेको गरेको बार्सिलोना यस सिजन उपाधि रक्षा गर्ने दाउमा रहेको छ । लिगको पछिल्लो खेलमा एथलेटिक बिल्बाओलाई १-० र बुधबार च्याम्पियन्स लिगमा शाख्तर डोकेटेक्समाथि २-१ गोलको जीत निकालेको बार्सिलोना उच्च लयमा रहेको छ ।

बार्सिलोनाले लिगको पछिल्लो तीन खेलमा म्याड्रिडमाथि दुई जीत निकाल्दा समाग्रमा पछिल्लो ६ भेटमा बार्सिलोनाले चार खेल आफ्नो पक्षमा परेको छ । आजको खेलले उपाधिको टुंगो नलगाउने भएपनि महत्त्वपूर्ण खेलमा बार्सिलोना जीतको खोजीमा हुनेछ ।

यता च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको खेलमा ब्रागालाई २-१ गोलले हराएको म्याड्रिड उच्च मनोबलसहित मैदानमा उत्रिनेछ । लिगको शुरुवाती १० खेलमा ८ जीत एक बराबरी र एक हारको नतिजा निकालेको म्याड्रिड २५ अंकको साथ दोस्रो स्थानमा रहेको छ । म्याड्रिडका जुडे बेल्लिन्घाम हाल उच्च लयमा रहेका छन् । यसै सिजन म्याड्रिडमा अनुबन्ध भएका युवा मिडफिल्डर बेल्लिन्घामले १२ खेल खेल्दै ११ गोल गरेर तीन एसिस्ट आफ्नो नाममा लेखाइसकेका छन् ।

म्याड्रिड आज बार्सिलोनालाई लिगमा पहिलो हारको स्वाद चखाउन चाहन्छ । म्याड्रिडले गत मार्चमा बार्सिलोनालाई कोपा डेल रेको सेमिफाइनल खेलमा ४-० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *