काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।
दुई साताअगाडि सामाजिक सञ्जालमार्फत शुक्रबार सम्पन्न त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता गराएका सन्दीप विश्वकप छनोट भने खेल्ने भएका छन् । विश्वकप छनोट कार्तिक १३ देखि २० गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया र सिंगापुर रहेका छन् भने समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । नेपालले सोमबार सिंगापुरसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
टोलीमा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।