एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेन्हाम हट्स्पर विजयी भएको छ । शुक्रबार राति भएको खेलमा क्रिस्चल प्यालेसलाई २-१ गोलले हराउँदै टोटेन्हामले लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।
सेलहर्स्ट पार्कमा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन ह्युंङ मीन सनले एक गोल गर्दा एक गोल उपहार पाएको हो । प्यालेसको लागि जोर्डन एनयुले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा जोएल वार्डले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि टोटेन्हामले शुरुवाती अग्रता लिएको हो ।
६६ औं मिनेटमा जोह्न्सनको पासमा सनले गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा एन्डर्सनको पासमा एनयुले गोल गर्दै प्यालेसलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा टोटेन्हामलाई २-१ गोलको विजयी भएको हो ।
जीतसँगै टोटेन्हाम १० खेलबाट २६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १२ अंक जोडेको ११ औं स्थानमा रहेको छ ।