काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी फाइनल खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा कुशल मल्लले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
कुशलमा युएईका ओपनर अर्यानाश शर्मालाई २५ रनमा आउट गरेका हुन् । उनले २६ बलमा २ चौका प्रहार गरे । जीतको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले ताजा अवस्थामा १० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ८५ रन जोडेको छ । भ्रित्या अर्भिन्द ६ र आसिफ खान सुन्य रन बनाउँदै क्रिजमा छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । नेपालको लागि कुशल मल्लले अर्धसतक बनाए । उनले २९ बलमा ६ चौका र ३ चौका प्रहार गरे । यस्तै करण केसीले २३, दीपेन्द्र सिंह एरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
युएईको लागि आयन अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै अलि नासिर र जाहोर खानले समान दुई-दुई विकेट लिँदा जुनाइद सिद्दिकीले एक विकेट लिए ।