युएईलाई नेपालद्वारा मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी फाइनल खेलमा नेपालले युएईलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले युएईलाई १ सय ६३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । नेपालको लागि कुशल मल्लले अर्धसतक बनाए । उनले २९ बलमा ६ चौका र ३ चौका प्रहार गरे । यस्तै करण केसीले २३, दीपेन्द्र सिंह एरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

युएईको लागि आयन अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै अलि नासिर र जाहोर खानले समान दुई-दुई विकेट लिँदा जुनाइद सिद्दिकीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *