हामीले विश्वलाई सत्य र शान्तिको शुभ सन्देश दिन सक्नुपर्छ

डा. जगमान गुरुङ ।
म त्रिभुवन विश्वविद्यालय र एशियाली अनुसन्धान केन्द्रमा सेवारत छँदाका बखत गोविन्द भट्टजीसँग सत्सङ्ग गर्ने अवसर पाएँ । गोविन्द भट्टजी ज्यादै गम्भीर स्वभावको हुनुहुन्थ्यो । उहाँले लामो समयसम्म चीनमा रहेर सेवा गर्नु भएको थियो । एक पटक कुरै कुरामा उहाँले विश्वमा ठूलठूला घटनाहरु आइपर्दा चिनियाँहरु यस सन्दर्भमा नास्त्रेदमसले के भनेका रहेछन् हँ भनेर नास्त्रेदमसले गरेको भविष्यवाणी हेर्दछन् भन्नु भयो । कम्युनिष्ट मुलुक चीनले पनि विश्वास गर्ने नास्त्रेदमसको भविष्यवाणी कस्तो महत्वपूर्ण होला ? यो कुरा विचारनीय छ ।
नास्त्रेदमसको भविष्यवाणी अनुसार चिनियाँ सेना र अरबी सेनाको एउटा ध्रुव बन्ने छ र त्यस ध्रुवको चिनियाँ पल्ला भारी हुनेछ । हिन्दुस्थान त्यस ध्रुवको अधिनमा हुनेछ । त्यस ध्रुवले युरोपलाई आफ्नो उपनिवेश बनाउने छ र पोपलाई बन्दी बनाउने छ । त्यसपछि दुईटा शक्ति राष्ट्र मिलेर अमेरिकामाथि आक्रमण गर्नेछ ।

नास्त्रेदमसको यस भविष्यवाणीको छनक देखापरिसकेको छ । चीनले अरबी देशलाई सहयोग गरेको छ । पाकिस्तान र अफगानिस्तानका विदेश मन्त्रीहरुको शिखर वार्ता चीनमा हुन्छ । ती दुई शक्ति राष्ट्र भनेका चीन र रुस हुन्। रुस र युक्रेनको युद्ध रुस र युक्रेन बीचको युद्ध नभएर रुस र अमेरिका बीचको युद्ध हो । रुसले युक्रेनलाई आफूमा विलय नगराएर युक्रेनबाट अमेरिकी प्रभाव हटाएर युक्रेनलाई रुसको प्रभावमा राख्न चाहन्छ ।

अहिले इजरायल र हमासको युद्ध पनि अमेरिका र अरब मुलुक बीचको युद्ध हो । इजरायल र प्यालेष्टेनी बीचको युद्ध नयाँ होइन, पुरानो हो तर अहिले यस युद्धमा अमेरिकाले हात हालेको छ । यसरी अहिले जिसस क्राइष्टको जन्मभूमिबाट विश्वयुद्ध शुरु हुन थालेको छ। अरबी मुलुक, कम्युनिष्ट मुलुक र बौद्ध मुलुकहरु एक भएका छन् । ईसाई मुलुकहरु एक भएका छन् । भारत बीचमा परेको छ र फाटी मर्नु भएको छ ।
अहिले विश्वमा भौतिक दृष्ट्रिले अनेक शक्ति राष्ट्रहरु छन् तर दैवी शक्तिले सम्पन्न सत्यको देश भने नेपाल हो । त्यसकारण हामी नेपालीहरुले सत् छोड्न हुँदैन । हामी शक्ति देश नेपालले विश्वलाई सत्य र शान्तिको शुभ सन्देश दिन सक्नुपर्दछ ।
तथास्तु ! त्यस्तै होओस् !ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *