बार्सिलोनाको नाटकिय जीत

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगमा नाटकीय जीत निकालेको छ । शनिबार राति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई र जोए कान्सेलोले एक गोल गरे । सेल्टाको लागि जोर्गन लार्सेन र अनास्टासिओस डोउभिकासले समान एक-एक गोल गरे । दुई गोलले पछि रहेको बार्सिलोनाले अन्तिम १० मिनेटमा तीन गोल गर्दै जीत निकाल्न सफल भएको हो ।

खेलको १९ औं मिनेटमा लार्सनले गोल गर्दै सेल्टालाई शुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा आसपासको पासमा डोउभिकासले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ८१ औं मिनेटमा फेलिक्सको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ८५ औं मिनेटमा कान्सेलोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै ८९ औं मिनेटमा गाभीको पासमा कान्सेलोले गोल गर्दै बार्सिलोनालाई ३-२ गोलको जीत दिलाएका हुन् । जीतसँगै बार्सिलोना ६ खेलबाट १६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको सेल्टा १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *