श्री शाके १९४५ बि. स. २०८० असोज ७ गते आइतबार इश्वी सन् २०२३ सेप्टेम्बर २४ तारीख भाद्रशुक्ल पक्ष दशमी तिथि पूर्वाषाढा नक्षत्र शोभन योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य यात्राको सम्भावना रहेको छ । मित्रजनहरुको साथ सहयोगमा विशिष्ट खालकाे कार्य सम्पादन हुने छ । अधुरा कार्यहरु सम्पादन गर्न निकै राम्रो समय रहेको छ । कोट तथा कचहरीका क्षेत्रमा फैसला आफ्नो हातमा रहने छ । आफूभन्दा साना व्यक्तिहरूसँगको सम्बन्धमा भने सामान्य समस्या आइपर्न सक्ने छ ।
बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात् मित्र तथा दाजुभाइबीचको सम्बन्धमा सुधार आउने छ । मनोरञ्जनमुलक यात्राको सम्भावना रहेको छ । कार्य कुशलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोग विलासको क्षेत्रमा समय ब्यतित हुनेछ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । कार्य क्षेत्रमा गरिएकाे लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । वाणी तथा स्वास्थ्यका क्षेत्रमा ध्यान दिएको बेश हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाइको योग रहेको छ ।
सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिग्रन लागेको काम अरुको साथ सहयोगबाट बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुबीच पछि परिने योग रहेको छ ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सही निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान्ह पश्चात् बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मानशिक चन्चताले विद्या असफल रहला ।
तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । मध्यान्ह पश्चात् आम्दानीको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगविलासिताका क्षेत्रमा मन जानेछ । हतासमा गरिएका निर्णयले असफल बनाउन सक्ने छ ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबको कारण मानसिक समस्या आइपर्न छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात् नजिकका मित्रजनहरुबीचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुनेछ । आम्दानीका क्षेत्र उत्तम रहने योग रहेको छ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विश्वासिलाे भनिएका व्यक्तिहरूबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा बृद्धि हुने योग परेको छ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगविलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहने छ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । मध्यान्ह पश्चात् आम्दानीका क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यति मन नलाग्नाने सामान्य अप्जस खेप्नुपर्ने छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परिश्रमको कदर हुनसक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहने छ । विद्या प्राप्तिको योग रहेको छ । सही समयमा सही निर्णय गर्न सकिने छ ।