क्यानको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा खड्का सचिवमा निर्वाचित भएका हुन् ।

मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याए भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *