काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्त्वका लागि आज निर्वाचन हुँदैछ । शुक्रवार साधरण सभा तथा बन्द सत्र सकिए पछि आज नयाँ नेतृत्त्वका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचन समितीका अनुसार नयाँ कार्यसमिति चयनका लागि मध्याह्न १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सचिव पदमा चुनाव लड्दैछन् ।
उनी चतुरको प्यानलबाट चुनावी मैदानमा छन् । पारसविरुद्ध सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लको चर्चा रहेको छ ।
क्यानको चुनावमा कुल ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसङ्ख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ । नागरिक दैनिकमा खबर छ ।
