वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक लगाएको छ ।
गाउँपालिकाको बोर्ड बैठकले सो खोलाबाट हुने नदीजन्य पदार्थको उत्खन्न र निकासीमा रोक लगाउने निर्णय भएको वडा नम्बर १ का वडाअध्यक्ष बासुदेव महतो थारुले जानकारी दिए ।
खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाँउपालिकाको साझा सम्पति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तब्य भएकाले खोलाबाट कुनै पनि नदिजन्य पदार्थको उत्खनन् र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष थारुले बताए ।
कसैले खोलाबाट नदीजन्य पदार्थको उत्खन्न र निकासी पैठारी गरे ट्याक्टरलाई १० हजार र टिपरलाई ३० हजार जरिवाना तथा कानुन बमोजिम कार्वाही गरिने निर्णय भएको वडाअध्यक्ष थारुले बताए ।
सरकारले उत्खनन् र निकासी पैठारी गर्न नभने पनि तस्करले नदी र खोलाबाट अवैधरुपमा उत्खनन् गरी चोरी तस्करी गर्ने गरेका छन् ।