काठमाडौं । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल नासरले साउदी प्रो लिगमा जीत निकालेको छ । शुक्रबार राति भएको खेलमा अल अहलीलाई ४-३ गोलले हराउँदै अल नासरले लिगमा लगातार पाँचौ जीत निकालेको हो ।
अल नासरलाई जीत दिलाउन रोनाल्डो र एन्डर्सन टालिस्काले समान दुई-दुई गोल गरे । अल अहलीको लागि फ्रान्क कस्सिए, रियाद माह्रेज र फिरास अल-बराइकनले समान दुई-दुई गोल गरे । खेलको चौथो मिनेटमा मानेको पासमा रोनाल्डोले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा लापोर्टेको पासमा टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए । ३० औं मिनेटमा अल माजहदको पासमा कस्सिएले गोल गर्दै अल अहलीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जीततर्फ अगाडि बढाएका थिए ।
५० औं मिनेटमा माह्रेजले पेनाल्टीमा गोल गर्दै अल अहलीलाई ३-२ गोलको स्थितिमा ल्याए । ५२ औं मिनेटमा टालिस्काको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ४-२ गोलको स्थितिमा ल्याए । ८७ औं मिनेटमा अल- बुराइकनले गोल गर्दै अल नासरलाई ४-३ गोलको स्थितिमा ल्याएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अल नासर ४-३ गोलले विजयी भएको हो । जीतसँगै अल नासर ७ खेलबात १५ अंक जोड्दै लिगको पाचौं स्थानमा रहेको छ । समान अंक जोडेको अल अहली छैटौं स्थानमा झरेको छ ।
