दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् असाेज ६ गते शनिबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० असोज ६ गते शनिबार इश्वी सन् २०२३ सेप्टेम्वर २३ तारीख भाद्रशुक्ल पक्ष अष्टमी तिथि पश्चात् नवमी तिथि मूल नक्षत्र सौभाग्य योग बालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अष्टमीव्रत गोरखकाली पूजा काय अष्टमी कायजस्नान कागेश्वरमेला अदुख नवमी व्रत ललिपुरमा दश महाविद्या पूजा  (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाइहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित हुने छन् । धार्मीक यात्राको सम्भावना रहेको छ । कार्य क्षेत्रमा गरिएकाे लापरवाहीले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने छ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भावना रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । आम्दानीका स्राेत फेला परेता पनि शारीरिक आलस्यताले भने सताउँने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक साथ र सहयोगद्वारा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त रहने छ । गरिरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । सभासम्मेलन जस्ता समाराेहमा सहभागीताको अवसर जुट्ने छ । गरिरहेका कामका क्षेत्रमा सामान्य वादविवादको सम्भावना रहेको छ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भावना रहेको छ । यात्राका क्षेत्रमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ लगानीका निम्ती समय उत्तम साबित रहने छ । आयआर्जनका विभिन्न श्रोतहरु फेला पर्ने छन् । विशिष्ट व्यक्तिहरूरुको साथ सहयोगमा नयाँ कार्य प्रारम्भ हुने याेग रहेको छ । अध्ययन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्ने छ । आफूभन्दा सानाको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना समेत रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक स्राेत साधनका्े प्रयोगमा समय ब्यतित रहने छ । स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । सभा सम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरिरहेको कार्य क्षेत्रबाट मान सम्मान प्राप्तिको योग बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरिरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्ने छ । सबारी साधनको यात्रामा विशेष सजग रहनुहोला । प्रतिस्पर्धाजन्यकार्यमा अब्बल स्थान प्राप्त रहने छ । सामाजिक कार्यको विशेष दायित्व हात लाग्ने सम्भावना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थीर क्षेत्रमा लगाइएको आजको लगानी भोलिका निम्ति फाइदाजनक हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जस्ता समाराेहमा सहभागीताको योग रहेको छ । खानपानमा विशेष साबधानी अपनाउनु होला । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारिवारीक मेलमिलापमा सुधार आउने छ । व्यापार व्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नुपर्ने छ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आय आर्जनका निम्ति उत्तम समय रहेको छ । साझेदारी तथा नयाँ कार्यको थालनी भने दीर्घकालिन नरहला । अध्ययन अध्यापनका निम्ति समय उत्तम रहने छ । मान्यजनहरुको साथ सहयोगमा विशेष कार्यहरु सम्पादित रहने छन् । शीपमूलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ । स्वास्थ्यका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरुसँग क्षणीक बियोग को सम्भाबना रहेको छ । प्रतिस्पर्धाजन्य कार्यमा सजग रहनु उत्तम रहने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *