काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गत भएको महिला फूटबलमा नेपाल पराजीत भएको छ । शुक्रबार दिउँसो भएको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजीत भएको हो ।
समूह ‘डी’को पहिलो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा दुई गोल गर्दै भियतनाम विजयी भएको हो । जीतसँगै भियतनामले तीन अंक जोडेको छ ।
अब नेपालले सोमबार हुने दोस्रो खेलमा जापानको सामना गर्नेछ ।
