साफ यु-१९ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । साफ यु-१९ च्याम्पियनसिपको पाँचौ संस्करण आजबाट काठमाडौंमा शूरु हुँदैछ । आजबाट हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदैछ ।

आज हुने उद्धाटन खेलमा भारत र बंगलादेश भिड्दैछन् । खेल दिउँसो १:३० बजे शूरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा ६ राष्ट्रले सहभागिता जनाउँदैछन् । समूह ‘ए’मा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’मा भारत, बंगलादेश र भुटान रहेका छन् । पाकिस्तानले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

सन् २०१५ देखि शूरु भएको प्रतियोगिताको उपाधि भारत र नेपालले समान दुई-दुई पटक जितेका छन् । गत वर्ष भएको प्रतियोगिताको फाइनल खेलमा बंगलादेशलाई हराउँदै भारतले उपाधि चुमेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *